दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन शुक्रबारदेखि

0

विदेशमा रहेका र फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन भन्दै शुक्रबारबाट दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन हुने भएको छ ।

दुई वर्षअघिबाट थालिएको विश्व ज्ञान सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको गैरआवासीय नेपाली संघले जनाएको छ । भर्चुअल माध्यमबाट हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित नेपाल सरकारका उच्च प्रतिनिधिसहित स्वदेश तथा विदेशका विज्ञको सहभागिता रहने सम्मेलनमा चार वटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र रहनेछन् ।

आइतबारसम्म चल्ने सम्मेलनमा २५ भन्दा बढी देशका १ सयभन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रबाट ३ सयभन्दा बढी प्रस्तोताको सहभागिता रहनेछ । सम्मेलनमा २ सय वटा कार्यपत्र प्रस्तुत गरिनेछन् ।

Leave A Reply

Your email address will not be published.