भारतको हाथरस बलात्कार प्रकरण : अनुसन्धानको जिम्मा सीबीआईलाई

0

एजेन्सी : भारत उत्तर प्रदेशको हाथरसमा दलित युवतीको सामूहिक बलात्कारको घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीबीआई’ले गर्ने भएको छ । घटनाको विरोधमा देशभर हिंसात्मक प्रदर्शन हुन थालेपछि उत्तर प्रदेश सरकारले सरकारले अनुसन्धानको जिम्मेवारी सीबीआईलाई सुम्पिन सिफारिस गरेको हो ।

शनिबार पीडित युवतीको परिवारसँग भेट्न गएको कांग्रेसको प्रतिनिधि मण्डलले न्यायीक जाँचको माग गरेका थिए । मृतकको परिवारले भइरहेको अनुसन्धानमा गम्भीर आशंका व्यक्त गर्दै प्रहरीले घटना ढाकछोप गर्ने प्रयास गरेको बताउँदै आएका छन् ।

पीडित परिवार तथा विरोध गरिरहेका सम्पूर्णले युवतीको बलात्कार भएको दावी गरेका छन । प्रहरीले भने बलात्कारको प्रमाण नभेटिएको जनाएको छ । हाथरस कि दलित युवतीमाथि ठाकुर जातिका चार युवाले बलात्कार गरेको आरोप छ ।

घटनाको विरोधमा उत्तर प्रदेशमा निरन्तर प्रदर्शन हुँदै आएको छ । घटनालाई लुकाउने प्रयास गरेको भन्दै विपक्षीहरुले मुख्यमन्त्री योगी आदित्यनाथको राजीनामा माग गरेका छन् ।

Leave A Reply

Your email address will not be published.