गगन थापासहित कांग्रेसका ४ नेतालाई कोरोना संक्रमण

0

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापासहित कांग्रेसका ४ जना नेतालाई कोरोना संक्रमण पुष्टि भएको छ । थापासहित नेता अर्जुननरसिंह केसी र दुई जना आमन्त्रित केन्द्रीय सदस्यमा कोरोना देखिएको हो ।

थापाले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । संक्रमण पुष्टि भएपछि थापाले आफू घरमै आइसोलेसनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै सम्पर्कमा रहेका सबैलाई सजगता अपनाउन आग्रह गरेका छन् ।

नेपाली कांग्रेसले असोज १९ गते बोलाएको केन्द्रीय समिति बैठकका लागि पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, सचिवालयका सदस्य, सुरक्षाकर्मी र कार्यालयका कर्मचारी गरी २ सय ४० जनाको पीसीआर परीक्षण गराएको थियो ।

Leave A Reply

Your email address will not be published.