कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चित

0

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अनिश्चित भएको छ । चार जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि सोमबारका लागि बोलाइएको बैठक अनिश्चित भएको हो ।

केन्द्रीय समिति बैठकका लागि बिहीबार केन्द्रीय सदस्यको पिसिआर परीक्षण गराएको थियो । सो क्रममा केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ र कल्पना चौधरीमा संक्रमण पुष्टि भएको हो ।

अझै केही केन्द्रीय सदस्यको पिसिआर परीक्षणको रिपोर्ट आउन बाँकी छ । नेतामा संक्रमण देखिएपछि आज पदाधिकारी तहमा छलफल गरेर बैठकबारे निर्णय गर्ने कांग्रेसको तयारी छ ।

कांग्रेसले समसामयिक राजनीतिक विषय र १४ औं महाधिवेशनको तयारीबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको हो । सरकार विरुद्ध आन्दोलनका कार्यक्रम तय गर्ने तयारी पनि कांग्रेसको छ ।

Leave A Reply

Your email address will not be published.