सिन्धुपाल्चोक पहिरो : मृत्यु हुनेको संख्या ६ पुग्यो

0

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, सात घुम्थाङका विभिन्न तीन स्थानमा आइतवार बिहान पहिरो खस्दा छ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । पहिरोमा कम्तीमा बीस जना बेपत्ता भएका छन् ।

बिहान तीन बजेतिर स्थानीय नाङबुचे, भीरखर्क र डाँडागाउँमा बस्तीमाथिबाट पहिरो खसेर बस्ति पुरेको हो । पहिरोमा परेर मृत्यु भएका सन्देश विक, सुकलाल विक, धर्तिमाया बिक र सर्कीनी विकको मात्रै पहिचान खुलेको छ । अन्य दुईको सनाखत हुन बाँकी छ ।

पहिरोले बस्तीका १५ घरमा पुर्ण रुपमा क्षति पुर्‍याएको छ । पहिरो खसेको स्थानमा प्रहरी, सेना र स्थानीयले खोजी र उद्धारको कार्य जारी राखेका छन । त्यस्तै जुगल गाउँपालिका पाँच चनौटेमा पहिरोले आठ घर बगाएको छ ।

पहिरोले आठ घर पुर्दा तीन जना घाइते भएका छन् । माथिबाट पहिरो आएपछि स्थानीय भागेकाले मानवीय क्षति भने भएको छैन । पहिरोका कारण पचास घर जोखिममा परेका छन् ।

Leave A Reply

Your email address will not be published.