भारतमा एकैदिन थपिए ९४ हजार बढी कोरोना संक्रमित

0

एजेन्सी : भारतमा एकैदिन ९४ हजारभन्दा धेरै कोरोनाका नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९४ हजार ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा संक्रमितको संख्या ४७ लाख ५१ हजार ७ सय नाघेको छ ।

हिजो एकैदिन भारतमा १ हजार एक सय भन्दा बढीको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोनाका कारण ७८ हजार ६ सय १४ जनाको मृत्यु भैसकेको छ ।

अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या ६६ लाख ७४ हजार पुगेको छ भने १ लाख ९८ हजार भन्दा बढीको मृत्यु भएको छ ।

ब्राजिलमा १ लाख ३१ हजार २ सयको मृत्यु भएको छ । विश्वभर २ करोड ८९ लाख २८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । ९ लाख २४ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।

Leave A Reply

Your email address will not be published.