आइसोलेसनमा बसेकी कोरोना संक्रमित वृद्धाको मृत्यु

0

चितवन : चितवनमा होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित वृद्धाको आज बिहान मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ की ८५ वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए । उनको आज बिहान ६ बजे मृत्यु भएको हो ।

दीर्घ रोगी उनको भदौ ११ गते नमूना संकलन गरिएको थियो । भदौ १५ कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसिरहेकी थिइन् । यसअघि खैरहनी नगरपालिकामा १०८ वर्षीया वृद्धाको घरमै मृत्यु भएपछि कोरोना पुष्टि भएको थियो ।

यससँगै जिल्लाका कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । बाहिरी जिल्लाका सहित यहाँ उपचारका क्रममा मृत्यु हुनेको संख्या भने २७ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.