सिन्धुपाल्चोकमा दुई ठाउँमा पहिरो : १५ घर पुरिए, १८ जना बेपत्ता

0

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा गएराति गएको पहिरोले १५ घर पुरेको छ । बाह्रविसे नगरपालिका वडा नम्बर सात घुम्थाङको नागपुजेमा गएराति खसेको पहिरोले कम्तिमा आठ र भीरखर्कमा पाँच घर पुरिएका हुन् ।

भीरखर्कको पहिरोमा परेर तीन जना बेपत्ता भएका छन् । नागपुजेको पहिरोमा परेर १८ जना बेपत्ता भएको स्थानीयले बताएका छन् ।

सिन्धुपाल्चोकमै गत साउन तीस गते जुगल गाउँपालिका दुई लिदीमा गएको पहिरोमा पुरिएर सैतिस जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।

Leave A Reply

Your email address will not be published.