कोरोनाबाट नेपालमा थप १४ जनाको मृत्यु, १२०२ संक्रमित थपिए

0

काठमाडौं : नेपालमा थप १ हजार २ सय दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विगत २४ घन्टामा १० हजार १ सय ७६ पीसीआर नमूना परीक्षण गर्दा ७ सय ८५ पुरुष र ४ सय १६ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ५३ हजार १ सय २० पुगेको छ ।

पछिल्लो २४ घन्टामा उपत्यकामा ४ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा मात्रै ३ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । भक्तपुरमा १७ र ललितपुरमा ३७ जनामा संक्रमण पुष्टि भएको छ ।

मोरङमा ५८, सर्लाहीमा ८३, मकबानपुरमा १ सय ७, चितवनमा ९२, नवलपरासी पूर्वमा ५१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै कपिलबस्तुमा २२, दाङमा २४, रुपन्देहीमा ८१ र सुर्खेतमा १८ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा ८ सय ५२ जना कोरोना जितेर घर फर्केका छन् । योसँगै कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३७ हजार ५ सय २४ पुगेको छ ।

अहिले देशभर सक्रिय संक्रमित १५ हजार २ सय ६० जना छन । सक्रमितमध्ये ६ हजार १ सय ५३ घरमै छन् भने बाँकी ९ हजार १ सय ७ जना संस्थागत आइसोलेशनमा रहेका छन । संक्रमितहरूमध्ये १ सय ६० जना सघन उपचार कक्षमा र २४ जना भेन्टिलेटरमा उपचार भैरहेको छ । ६ हजार ३ सय ५४ जना क्वारन्टीनमा जना रहेका छन् । अहिलेसम्म कोरोना भाइरस संक्रमण पहिचान गर्नका लागि आठ लाख ३१ हजार ३ सय ६२ पीसीआर नमूना परीक्षण भएको छ ।

पछिल्लो २४ घन्टामा थप १४ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको छ । तिमध्ये पुरुष ११ र महिला ३ जना छन । काठमाडौं, भक्तपुर र रुपन्देहीका दुई–दुई जना पुरुषको मृत्यु भएको छ । त्यस्तै सुनसरी, चितवन, स्याङजा, गोरखा, कास्कीका एक–एकको मृत्यु भएको छ । काठमाडौंमा दुई र पर्सामा एक महिलाले कोरोनाका कारण ज्यान गुमाएका छन । यो सँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ सय ३६ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.