कोरोना संक्रमणबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या २४३ पुग्यो

0

काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण विदेशमा थप ४३ जना नेपालीको मृत्यु भएको छ । मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको नेपाली दूतावासले पुष्टि गरेको छ । यो सँगै साउदी अरबमा मात्रै संक्रमणका कारण संक्रमणका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

यो साता कतारमा पनि थप दुई नेपालीको मृत्यु भएको छ । योसँगै विभिन्न १६ मुलुकमा कोरोनाका कारण मृत्यु हुने नेपालीको संख्या २४३ पुगेको छ । यो साता स्पेन, पोल्याण्ड, भारत, कतार, र साउदी अरब लगायतका देशमा संक्रमित नेपालीको संख्या बढेको छ ।

गैर आवासीय नेपाली संघका अनुसर हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । विदेशमा मात्रै ३७ हजार छ सय भन्दा बढी नेपाली कोरोनाबाट संक्रमित भएका छन् ।

कोरोना त्रासपछि विभिन्न ३० देशमा रहेका ६१ हजार ७ सय १० जना नेपालीको उद्धार गरिएको छ । हालसम्म विदेशमा विभिन्न कारणले निधन भएका ३ सय जना नेपालीहरुको शव नेपाल ल्याइएको छ ।

Leave A Reply

Your email address will not be published.