भारतमा एकैदिन थपिए ९७ हजार बढी कोरोना संक्रमित

0

एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो क्रममा छ । पछिल्लो २४ घण्टामा भारतमा ९७ हजार ६ सय ५४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतमा पछिल्लो २४ घण्टामा थपिएको संक्रमितको संख्या अहिलेसम्मकै धेरै हो ।

योसँगै भारतमा संक्रमितको संख्या ४६ लाख ५७ हजार ३ सय ७९ पुगेको छ । भारतमा सक्रिय संक्रमितको संख्या नौ लाख ५८ हजार ४ सय ३५ रहेको छ । हालसम्म ३६ लाख २१ हजार ४ सय भन्दा बढी निको भएका छन् ।

एकै दिन भारतमा एक हजार दुई सय दुई जनाको मृत्यु भएको छ । योँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७७ हजार ५ सय नाघेको छ । सवारी तथा रेल सेवा सञ्चालनमा आएसँगै भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको तथ्यांकले देखाएको छ ।

विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ८६ लाख ३७ हजार ८ सय १७ पुगेको छ । तिमध्ये ७१ लाख ५८ हजार ५ सय भन्दा बढी सक्रिय संक्रमित छन । मृत्यु हुनेको संख्य भने ९ लाख १९ हजार पाँच सय नाघेको छ ।

Leave A Reply

Your email address will not be published.