चितवनमा थप ८७ जनामा कोरोना संक्रमण

0

चितवन : चितवनमा थप ८७ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा भरतपुर महानगरका ५० पुरुष, २३ महिला, रत्ननगरका २ महिला, खैरहनि नगरपालिकाका २ महिला २ पुरुष र कालिका नगरपालिकाका ६ पुरुष र २ महिलामा संक्रमण पुष्टि भएको हो ।

योसँगै चितवनमा संक्रमितको संख्या १२ सय नाघेको छ । यसैबीच भदौ २५ गते राति भरतपुर अस्पतालको आकस्मिक कक्षमा ल्याउँदै गर्दा मृत्यु भएका रत्ननगर नगरपालिका वडा नम्बर २ का ४६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उच्च ज्वरो,रुघाखोकी लक्षण भएका ती पुरुषको अस्पताल आउनुभन्दा अघि नै मृत्यु भइसकेको अस्पतालले जनाएको छ । अस्पतालमै ज्यान गुमाएका अन्य दुई जनाको भने नतिजा भने नेगेटिभ आएको छ ।

Leave A Reply

Your email address will not be published.