आजबाट सोह्र श्राद्ध शुरु

0

काठमाडौं : आजबाट सोह्र श्राद्ध शुरु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको हो । आजबाट १६ दिनसम्म पितृकर्म गरिने प्रचलन छ ।

सात पुस्तालाई तर्पण दिई पूजा गरिन्छ । मृत पितृको मृत्यु तिथिमा श्राद्ध गरिन्छ । पूर्णिमाबाट शुरु भई औंशीसम्म सोह्र श्राद्ध सम्पन्न हुन्छ । यीमध्ये जुनसुकै दिनमा पर्ने तिथिमा आफ्ना मृत पितृको मृत्यु तिथि पारेर श्राद्ध गरिने प्रचलन रहँदै आएको हो ।

यी दिनहरुमा हिन्दु धर्मालम्बीहरुले साकाहारी मात्र भोजन गर्दछन् । घरमा माशांहारी परिकार पनि राख्न नहुने विश्वास रहेको छ । सोह्र श्राद्धको १६ दिनपछि दशैं आरम्भ हुन्छ । हिन्दुको महत्वपूर्ण चाडवाड अगाडि पितृको पूजा गरिने भएकाले पनि यसको विशेष महत्व छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । सोह्र श्राद्धमा काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, देवघाट लगायतमा यो पटक भेला हुन रोक लगाईएको छ ।

कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै केहीले भने भर्चुअल माध्यम प्रयोग गर्न आग्रह गरेका छन् । साथै स्वास्थ्य सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

Leave A Reply

Your email address will not be published.