कोरोना संक्रमणबाट रुपन्देहीमा ६५ वर्षीया महिलाको मृत्यु

0

रुपन्देही : रूपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भैरहवाको भीम अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको गएराति मृत्यु भएको हो । मृत्यु हुने महिला नवलपरासी पश्चिम, रामग्राम–५ की हुन् ।

उनमा मधुमेह, उच्च रक्तचाप र श्वासप्रश्वासमा समस्या समेत थियो । उनी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालवाट भदौ १५ गते भीम अस्पताल उपचारका लागि रिफर भएकी थिइन् ।

भीम अस्पतालमा अहिले ४ जना आईसीयूमा र १७ जना आइसोलेसनमा उपचार गराइरहेका छन् । यसअघि गैडहवाका एक पुरुषको पनि अस्पतालमा मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.