कोरोना अपडेटः संक्रमित ४० हजार ५२९, निधन २३९, डिस्चार्ज २२ हजार १७८

0

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ३९३, ललितपुरका ५८, भक्तपुरका ३०, उदयपुरका १, ओखलढुङ्गाका २, खोटाङका २, झापाका १४, पाँचथरका १, मोरङका १२, सुनसरीका ५६, धनुषाका १, पर्साका २, बाराका ११, महोत्तरीका २, रौतहटका ५, सप्तरीका १, सर्लाहीका १९, काभ्रेका ८, चितवनका ४५, दोलखाका ११, धादिङका ११, नुवाकोटका २, मकवानपुरका ६, रसुवाका १, रामेछापका २ र सिन्धुपाल्चोकका १ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै सिन्धुलीका ६, कास्कीका ४, गोर्खाका ८, तनहुँका ५, नवलपरासी पूर्वका १५, पर्वतका १, लमजुङका ३२, अर्घाखाँचीका ९, कपिलवस्तुका ७, गुल्मीका १३, दाङका १३, नवलपरासीका ४, पाल्पाका १, प्यूठानका १, वर्दियाका ७, बाँकेका ३३, रुकुमका १, रुपन्देहीका ९१, जुम्लाका २, दैलेखका २, सुर्खेतका १, सल्यानका १, अछामका १३, कञ्चनपुरका ४, कैलालीका २०, डडेल्धुराका २, डोटीका २४, बझाङका ४० तथा बैतडीमा १२ जना संक्रमित थपिएका हुन्।

नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार चार वर्षीया बालिकासहित ११ जनाको मृत्यु भएको हो।

महाेत्तरीमा ४ वर्षीया बालिका र ३७ वर्षीय पुरुषसहित दुई जना, सिरहाका ६५ वर्षीय पुरुष, पर्साका ५३, ८० र ६० वर्षीय पुरुष गरी तीनजना, बाराका ६० वर्षीय पुरुष, चितवनका ५२ वर्षीय पुरुष, काठमाडाैँका ३५ र ७० वर्षीय पुरुष र मकवानपुरका ५८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३९ पुगेको छ।

मन्त्रालयका अनुसार मंगलबार ७६८ जना कोरोना संक्रमितको डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ८८ पीसीआर परीक्षण गरिएको छ। देशभर संक्रिय संक्रमित १८ हजार १ सय १२ रहेकाे छ। देशभर क्वारेन्टिनमा ७ हजार ३ सय ९० जना रहेका छन्।

काठमाण्डौ उपत्यकामा ४ सय ८१ जना नयाँ संक्रमित थपिएका छन्।

Leave A Reply

Your email address will not be published.