भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन

0

एजेन्सी : भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । ८४ वर्षको उमेरमा उनको आज साँझ उनको मृत्यु भएको हो । मुखर्जीको छोरा अभिजितले ट्विट गर्दै पिताको निधन भएको जानकारी दिएका हुन् ।

उनको दिल्लीस्थित सैनिक अस्पतालमा सघन उपचार कक्षको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अस्पतालमा मस्तिष्कमा रगत जमेर बनेको सानो टुक्रा हटाउन शल्यक्रियाका लागि पुगेका मुखर्जीमा कोरोना भाइरस संक्रमण देखिएको थियो ।

त्यसपछि उनी कोमामा थिए उनी सन् २०१२ देखि २०१७ सम्म भारतका राष्ट्रपति थिए । राष्ट्रपति हुनुअघि मुखर्जी भारतका अर्थमन्त्री, रक्षामन्त्री र परराष्ट्रमन्त्रीजस्ता महत्वपूर्ण पदमा रहेर काम गरेका थिए । उनले अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको बोर्डमा पनि काम गरेका थिए ।

Leave A Reply

Your email address will not be published.