काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

0

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य कोरोना भाइरसबाट संक्रमित भएका छन् । प्रमुख शाक्य श्रीमतीलाई ज्वरो आएपछि उपचार गराउन धापासीस्थित ग्राण्डी अस्पताल गएका थिए । सो क्रममा मेयर शाक्यले आफ्नो र श्रीमतीको पीसीआर परीक्षण गराएका थिए ।

अस्पतालले पीसीआर रिपोर्ट पोजेटिभ आएको आज मात्र जानकारी दिएको थियो । शाक्यको स्वाब शनिवार संकलन गरिएको थियो । ज्वरो र रुघा लागेर उपचारका लागि अस्पताल पुगेकी शाक्यकी श्रीमतीको रिपोर्ट भने नेगेटिभ आएको छ । प्रमुख शाक्य काठमाडौंको वडा नम्बर २१ लगनस्थित आफ्नै घरमा होम आइसोलेशनमा बसेका छन् ।

Leave A Reply

Your email address will not be published.