वीरगञ्जमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सुरु

0

वीरगञ्ज – वीरगञ्जमा पनि प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सुरु भएको छ।

आइतबार राति नारायणी अस्पतालमा एक कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट सुरु गरिएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

झण्डै एक महिनाको प्रयासपछि वीरगञ्जमा पनि प्लाज्मा थेरापीबाट संक्रमितको उपचार गर्न सफल भएको डाक्टर सिंहले बताए ।

शनिबार अस्पतालमा भर्ना भएका सर्लाहीका एक जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।निमोनिया समेत देखिएका ती पुरुषलाई नारायणी अस्पतालको आइसियुमा राखेर प्लाजमा थेरापीबाट उपचार गरिएको हो ।

नारायणी अस्पतालका स्टोर प्रमुख दामोदर अधिकारीले थेरापीको लागि प्लाज्मा दिएका थिए ।

प्लाज्मा चढाइएका बिरामीको अवस्था अहिले क्रिटिकल रहे पनि सुधारको लागि चिकित्सकहरुले निरन्तर प्रयास जारी राखेको डाक्टर सिंहले बताए।

Leave A Reply

Your email address will not be published.