मोदीको ‘मन की बात’ मा डिसलाइकको वर्षा

0

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मन की बात’ कार्यक्रम इन्टरनेट प्रयोगकर्ताको नकारात्मक प्रतिक्रियाका कारण चर्चामा आएको छ।

आकाशवाणीमा हरेक आइतबार प्रशारण हुने यो कार्यक्रम दूरदर्शनका अलावा अन्य निजी च्यानलमा पनि प्रशारण हुने गरेको छ।

यसका साथै पीआईबी, बिजेपी तथा मोदीको यूट्यूब च्यानलमा पनि सुन्न सकिन्छ।

तर पछिल्लो आइतबारको ‘मन की बात’ लाई लिएर यी यूट्यूब च्यानलहरुमा युजर्सको प्रतिक्रिया सकारात्मक कम, नकारात्मक धेरै आएको छ।

यी तिनै च्यानलमा ‘मन की बात’को भिडियोमा लाइक्सको तुलनामा डिसलाइक धेरै आएको छ।

यो कुरालाई असामान्य यसकारण मानिएको छ कि यो भन्दा पहिले मन की बातलाई लिएर दर्शकहरुको प्रतिक्रिया यति नकारात्मक थिएन । चर्चा भइरहेको छ कि आखिर किन ‘मन की बात’ लाई नकारात्मक प्रतिक्रियाहरु प्राप्त भए।

आइतबारको ‘मन की बात’ को भिडियोमा इन्टरनेट यजर्सको प्रतिक्रिया सुरुदेखि नै सुस्त रह्यो । कार्यक्रमको प्रशारण बिहान भएको थियो तर अबेर रातिसम्म स्थितिमा सुधार भएन।

भारतीय जनता पार्टीको आधिकारिक युट्यूब च्यानलमा ‘मन की बात’ कार्यक्रममा ९ लाख  ६० हजार भ्यूज भएकाे छ ।

यस च्यानलमा यो भिडियोलाई २७ हजार मानिसले लाइक गरेका थिए जबकि दुई लाख ४३ हजार भन्दा धेरैले डिसलाइक गरेका छन्।

यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीको आफ्नो युट्यूब च्यानल नरेन्द्र मोदीमा यो भिडियो ४ लाख ९० हजार पटक हेरिएको छ। यो भिडियोमा १९ हजार लाइक र ३५ हजार डिसलाइक प्राप्त भएको छ।

यस्तै ढंगले पीआईबीको युट्यूब च्यानलमा मन की बातलाई ९१ हजार पटक हेरिएको छ भने ३ हजार २ सयले लाइक गरेका छन् । डिसलाइक गर्नेको संख्या १० हजार भन्दा धेरै छ।

सम्बोधनमा के भनेका थिए मोदीले?

हरेक पटक अलग–अलग विषयमा कुरा गर्ने गरेका मोदीले यसपटक ओणम तिहारको बारेमा कुरा गरेका थिए र भारतीय उद्यमीलाई खेलौनाको कारोबारको सम्भावना खोज्न सुझाव दिएका थिए।

उनले भनेका थिए, ‘हाम्रो देशमा नयाँ आइडिया र कन्सेप्टहरु छन्। भर्चुअल गेम र खेलौनाको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुछ र सबैका लागि लोकल खेलौना हुनुपर्ने समय आएको छ।’

(यो सामग्री बिबिसी हिन्दीको सहयोगमा तयार पारिएको हो।)

Leave A Reply

Your email address will not be published.