कोरोना संक्रमणका कारण रुपन्देहीमा ६८ वर्षीया महिलाको मृत्यु

0

रुपन्देही : कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका –५ की ६८ वर्षीया महिलाको गए राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले जानकारी दिए ।

यही भदौ ११ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमै बसेकी महिलालाई स्वास्थ्यमा समस्या आएपछि भैरहवास्थित भीम अस्पतालमा लैजाने क्रममा बाटामै मृत्यु भएको हो । शव अस्पतालमै रहेको नगरपालिकाले जनाएको छ । उनको आजै नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरिने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.