काठमाण्डौ – भदौ ३ गते मध्येराती देखि जारी रहेको उपत्यकाको निषेधाज्ञा थप एक हप्ता लम्ब्याउने निर्णय भएको छ ।
जारी निषेधाज्ञा आज (बुधबार) राती १२ बजे सकिने भएपछि काठमाण्डौ, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले भदौ १७ सम्म निषेधाज्ञा लम्ब्याउने निणर्य गरेका छन् ।
कोरोना संक्रमितको दर दैनिक बढ्दै गएको भन्दै काठमाण्डौका मेयरहरुको फोरमले काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई मंगलबार निषेधाज्ञा लम्ब्याउन सुझाव दिएका थिए ।