एकैदिन थपिए ८५५ कोरोना संक्रमित, ३ सय १३ जना डिस्चार्ज

0

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ सय १३ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १९ हजार १ सय १९ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

विगत २४ घण्टामा ११ हजार ३ सय २७ जनाको पिसिआर परीक्षण भएको छ । त्यस्तै आइसोलेसनमा रहनेहरुको संख्या १४ हजार २ सय ५० रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.