रञ्जन कोइरालको सजाय घटाउने फैसला पुनरावलोकन गर्न अनुमति

0

काठमाण्डौ – सशस्त्र प्रहरीका पूर्वडिआईजी रञ्जन कोइरालालाई थुनामुक्त गर्न सर्वोच्च् अदालतले दिएका आदेश पुनरावलोकन हुने भएको छ ।

आइतबार सर्वोच्च अदालतका तीन जना न्यायाधीशको संयुक्त इजलासले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको असार १५ गतेको इजलास पुनरावलोकन गर्न अनुमति दिने निर्णय गरेको हो ।

गत बिहीबार उनी जेलबाट छुटेपछि सरकारी वकिलको कार्यालयले पुनरावलोकनका लागि निवेदन दिएको थियो । उक्त निवेदनउपर प्रधानन्यायाधीश राणाले तीन जनाको पूर्ण इजलाश तोकेका थिए ।

उक्त इजलाशले पुनः सुनुवाई गर्ने अनुमति दिएको छ । सोहीअनुसार प्रधानन्यायाधीशले गरेको फैसला सहि वा गलत के छ भन्ने जाँच गर्नेछ ।

 सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना, बमकुमार श्रेष्ठ र कुमार रेग्मीको पूर्ण इजलासमा मुद्दाको सुनुवाइ भएको हो ।

गत असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीशतेजबहादुर केसीको इजलासले कोइरालाको जन्मकैदको सजाय घटाएर ८ वर्ष ६ महिनामा रिहा गरेपछि सरकारले पुनरावलोकनका लागि सर्वोच्चमा मुद्धा दर्ता गराएको थियो ।

Leave A Reply

Your email address will not be published.