मास्क नलगाई हिँड्नेलाई तुरुन्त पक्राउ गर्नू: गृहमन्त्रालय

0

काठमाण्डौ – गृहमन्त्रालयले मास्क नलगाई हिँड्नेलाई तुरुन्त पक्राउ गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

आइतबार गृहले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रधान कार्यालयलाई परिपत्र गर्दै मास्क नलगाई बाहिर निस्किनेलाई कडा पक्राउ गर्न निर्देशन दिएको हो ।

लकडाउन खुलेपछि भीडभाड बढेको र मानिसहरुले मास्क नलगाई हिँड्ने गरेको गुनासो आएपछि गृहले निर्मम बन्न निर्देशन दिएको हो ।

मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले मास्क नलगाई हिँड्नेलाई पक्राउ गर्न नर्देशन दिएको जानकारी दिए ।

‘हामीले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न निर्देशन दिएका छौं । अटेर गर्नेलाई पक्राउ गरेर संक्रामक रोग नियन्त्रण ऐन अन्तरगत कारबाही हुन्छ’, उनले भने ।

Leave A Reply

Your email address will not be published.