कोरोना संक्रमण बाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४६ पुग्यो

0

काठमाण्डौ – वीरगञ्जमा कोरोना संकमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ ।

कोरोना पुष्टि भएका वीरगञ्ज आदर्शनगरका ७५ वर्षीय वृद्धको ज्यान गएको हो ।

मुटु रोगबाट पीडित ती बिरामीमा कोरोना लक्षण देखिएपछि उपचारका लागि वीरगञ्जस्थित गण्डक अस्थायी कोभिड(१९ अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्य अवस्था बिग्रिदै गएपछि आइसियुमा राखेर उपचार भइरहेकोमा आइतबार उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्टेन्ड डा. मदन उपाध्यायले जानकारी दिए ।

उनलाई वीरगन्जकै एडभान्स मेडिकेयर हस्पिटलबाट शनिबार कोभिड-१९ अस्पताल ल्याइएको थियो ।

उनमा गत शुक्रबार आरडिटी पोजेटिभ देखिएकोमा शनिबार राति पिसिआर पोजेटिभ देखिएको थियो । कोरोनाका कारण पर्सामा मात्रै ८ जनाको मृत्यु भइसकेको छ ।

Leave A Reply

Your email address will not be published.