छेन्दुमा रहेको अमेरिकी महावाणिज्य दूतावास वन्द गर्न चीनको निर्देशन

0

बेइजिङ – चीनले छेन्दुमा रहेको अमेरिकी महावाणिज्य दूतावास वन्द गर्ने आदेश दिएको छ । अमेरिकाले मंगलबार ७२ घण्टा भित्र टेक्सासस्थित ह्युस्टनमा रहेको चिनियां महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएपछि चीनले पनि सिचुवान प्रान्तको छेन्दुमा रहेको अमेरिकी महावाणिज्य दूतावास बन्द गर्न बेइजिंगस्थित अमेरिकी दूतावासलाई पत्राचार गरेको छ ।

चिनियां विदेशमन्त्रालयले शुक्रवार पत्राचार गर्दै महावाणिज्य दूतावास बन्द गर्न भनेको हो ।

आफ्नो महावाणिज्य दूतावास बन्द गर्ने अमेरिकी निर्णयपछि चीनले बुधबार उक्त कार्यको कडा प्रतिवाद गर्ने बताएको थियो। जस्तालाई त्यस्तै नीतिको अबलम्ब गर्दै चीनले अमेरिकी दूतावास बन्द गर्न निर्णय गरेको जनाएको छ ।

वासिङ्टनले चीनको ग्वाङझाओ, सांघाइ, सेनयाङ, छेन्दु र वुहानमा महावाणिज्य दूतावास स्थापना गरेको छ। त्यस्तै चीन प्रशासित हङकङ र मकाउमा पनि अमेरिकी वाणिज्य दूतावास छन्। अमेरिकामा चीनको पनि ६ वटा महावाणिज्य दूतावास छन् ।

छेन्दुमा अमेरिकाले महावाणिज्य दूतावास सन् १९८५ स्थापना गरेको थियो । चीनले पछिल्लो समय दुई देशको सम्बन्ध बिग्रनुमा अमेरिका जिम्मेवार रहेको आरोप समेत लगाएको छ ।

Leave A Reply

Your email address will not be published.