वीरगन्ज – नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पर्साको वीरगन्ज महानगरपालिका–११ श्रीपुरकी ८५ वर्षीया बृद्धाको गण्डक अस्थायी कोभिड अस्पतालको आइशोलेनशमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।
एडभान्स हस्पिटलमा उपचाररत ती मुटुरोगी बृद्धाको स्वाब संकलन गरि परीक्षण गर्दा बुधबार राती कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएपछि उनलाई बिहिबार कोभिड अस्पतालमा ल्याइएकोमा आइशोलेशनमै उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए ।