‘अमेरिकाको नाचमा नचाच्न’ बेलायतलाई चिनियाँ राजदूतको चेतावनी

0

चिनियाँ राजदूत लियू सियामिङ्गले बेलायतले आफ्ना नागरिकमाथि प्रतिबन्ध लगाए चीनले कडा जवाफ दिने चेतावनी दिएका छन् । उनले ‘अमेरिकाको नाचमा नचाच्न’ बेलायतलाई आग्रह गरेका छन् । बेलायत सरकारले चिनियाँ व्यक्तिमाथि एकतर्फी प्रतिबन्ध लगाउने निर्णय गरेपछि बेलायतका लागी चिनियाँ राजदूत सियामिङ्गको भनाई सार्वजनिक भएको हो ।

आइतबार एक अन्र्तवार्तामा उनले भने, ‘यो बिलकुलै गलत निर्णय हुनेछ र यदि बेलायत सरकारले चीनमा कुनै पनि व्यक्तिमाथि प्रतिबन्ध लगाउने कुरा गर्यो भने चीनले पक्कै पनि यसको उचित जवाफ दिनेछ ।’

राजदूत सियामिङ्गले हङ्कङसँगको सन्धि अन्त्य गर्ने र चिनियाँ व्यक्तिलाई स्वीकृति नदिने युके सरकारको सम्भावित योजनाहरूबारे टिप्पणी गरेका छन् ।

युकेमा हालै भएको हुवावेमाथिको प्रतिबन्धले बेलायत र चीनका विद्वान् र व्यवसायीहरुलाई धक्का पुर्‍याइरहेको छ । उनीहरु दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई खस्काउने विषयमा गम्भीर र सचेत रहेका छन् ।

अमेरिकी विदेश सचिव माइक पोम्पीओले सोमबार बेलायत भ्रमण गर्नु अघि बेलायतका विदेश सचिव डोमिनिक रबले हङकङसँगको प्रत्यक्ष सन्धि अन्त्य गर्ने तयारी गर्दै गरेको संकेत पाएका उनले कडा टिप्पणी गरेका हुन् ।

यस्तो कदमलाई ‘प्रतीकात्मक’ को रूपमा लिइन्छ किनभने बेलायतले हङकङको लागि हालसालै पारित गरेको राष्ट्रिय सुरक्षा कानून खारेज गर्नका लागि अमेरिकाको अनुसरण गरेको छ । बेलायतको उक्त चाल अत्यन्त खतरनाक रहेको पाइन्छ । किनकि यसले युके र चीन सम्बन्धलाई अझ कमजोर पार्ने सम्भावना रहेको पर्यवेक्षकहरूले बताएका छन् ।

‘यो पूर्ण रूपमा गलत छ । हामी कहिल्यै एकतर्फी प्रतिबन्धमा विश्वास गर्दैनौं’, लियुले अन्तरवार्तामा भने, ‘हामीलाई विश्वास छ कि संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाउने अधिकार पाएको छ र यदि बेलायत सरकारले चीनमा कुनै व्यक्तिमाथि प्रतिबन्ध लगायो भने चीनले पक्कै पनि यसको उचित जवाफ दिनेछ ।’

उनले अमेरिका र चीनबीच भएको घटनाबारे बेलिबिस्तार लगाउँदै बेलायतलाई अमेरिकाको नाचमा ननाच्न आग्रह गरेका छन् ।

‘चीन र अमेरिकाको बीचमा के भयो तपाईंले देख्नुभयो । उनीहरूले चिनियाँ अधिकारीहरुलाई स्वीकृति दिए । हामीले उनीहरुका सिनेटहरु र अधिकारीहरुलाई स्वीकृति दियौं’, लियूले भने, ‘हुवावे सम्बन्धी युकेको निर्णयलाई उद्धृत गर्दै युकेले अमेरिकीहरूको नाचमा नाच्नु भन्दा आफ्नै स्वतन्त्र परराष्ट्र नीति हुनु पर्छ ।’

एजेन्सी 

Leave A Reply

Your email address will not be published.