पहिराेले भीमफेदी–कुलेखानी सडक अवरुद्ध

0

टिस्टुङ – यही साउन ४ गतेदेखि परेको अविरल वर्षाका कारण काठमाण्डु–हेटौँडा जोड्ने छोटो दूरीको मदन भण्डारी राजमार्गअन्तर्गत भीमफेदी–कुलेखानी सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ ।

भीमफेदी गाउँपालिकाको गढी नजिकै गए राती पहिरो जाँदा सवारी आवागमन बन्द भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए । अहिले ठूलो पानी परिरहेकाले तत्कालै पहिरो पन्छाउन पनि समस्या भएको उनले बताए ।

काठमाण्डु–कुलेखानी–भीमफेदी–हेटौँडा सडक पहिराका कारण अवरुद्ध भएपछि अहिले गाडीहरु त्रिभुवन राजपथ भएर सञ्चालन भइरहेका छन् ।

Leave A Reply

Your email address will not be published.