समुदायस्तरमा फैलियो कोरोना संक्रमण, बारा र पर्सामा ५० जना थपिए

0

बारा – बारा र पर्सामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । सोमबार बारा र पर्सामा थपिएका ५० भजना कोरोना संक्रमित स्थानीय भएको खुलेको छ ।

नारायणी अस्पतालमा गरिएको परीक्षणमा ४६ जना बारा र ४ जना पर्साका स्थानीय बासिन्दा रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए ।

पर्साका चार जना भने होटल कुमु प्यालेसको क्वारेन्टाइनमा बसेका थिए । बाराका ४६ जना देवताल गाउँपालिकाको क्वारेन्टाइनका हुन् ।

जसमा देवताल गाउँपालिकाका ३४ जना ,सुवर्ण गाउँपालिकाका ३ जना , कलैया उपमहानगरपालिकाका ३ जना, धनकौलका ६ जना गरि ४६ जना संक्रमित रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पन्डितले जानकारी दिए ।

उनका अनुसार महिला ११ र पुरुष ३४ मध्ये स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा स्थानीय रहेका छन । समुदायस्तरमा गरिएको परीक्षण भएकाले थप सचेत हुनुपर्ने उनले बताए ।

Leave A Reply

Your email address will not be published.