अल–शबाबका शीर्ष कमाण्डर मारिए, नेपालबाट गएको दाबी

0

काठमाण्डौं – अफ्रिकी देश सोमालियामा सशस्त्र गतिविधि गर्दै आएको बिद्रोही समूह अल–शबाबका एक कमाण्डर मारिएको त्यहाँको रेडियोलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

अशरफ अज्मी अबु हाम्दान नाम गरेका अल–शबाबक ती कमाण्डर नेपालबाट सोमालिया गएको रोयटर्सले खबरमा उल्लेख गरेको छ । तर उनी नेपाली नागरिक भए नभएको बारे भन्ने स्पष्ट पारिएको छैन ।

उनी इस्लामिक समूह अल–शबाबका शीर्ष प्रशिक्षक रहेको र सैन्य अपरेशनको क्रममा उनी मारिएको सोमालियाको रेडियोले बिहीबार जानकारी दिएको हो ।

सोमालियाको दक्षिणी तर्फको जुबा क्षेत्रको मध्य भागमा भएको सैन्य कारवाहीको क्रममा उनको मृत्यु भएको त्यहाँको सरकारी रेडियोले जनाएको छ । सैन्य कारवाहीको क्रममा कमाण्डर हाम्दानसहित अरु तीन लडाकु पनि मारिएका थिए ।

इस्लामिक सरिया कानूनसहितको आफ्नो शासन स्थापित गर्न भन्दै अल–शबाब सन् २००८ देखि सोमालियामा सशस्त्र गतिविधिमा संलग्न छ ।

Leave A Reply

Your email address will not be published.