कांग्रेस पदाधिकारी बैठक आज बस्दै, महाधिवेशन कार्यतालिका हेरफेर गर्ने

0

काठमाण्डौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्न लागेको वैठकमा महाधिवेशन कार्यतालिका परिवर्तनका विषयमा छलफल हुने वताइएको छ ।

कांग्रेसले २०७७ साल फागुन ७ गतेबाट केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको थियो । तर, कोरोना संकटका कारण महाधिवशनको तयारीका कामहरु हुन सकेको छैन । महाधिवेशनका लागि गत चैतबाटै क्रियाशिल सदस्यता वितरण र नविकरण गर्नुपर्ने काम रोकिएको छ ।

आज बस्ने पदाधिकारी बैठकले महाधिवेशनको मिति पर सार्ने विषयमा निर्णय गर्ने वताइएको छ ।

Leave A Reply

Your email address will not be published.