भारतले ओली सत्ताबाट हटेको हेर्न चाहेको हो ?

0

काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली कुनैबेला नेपालका नेताहरुमध्ये भारतका परममित्र थिए । उनले विगतमा भारतको स्वार्थमा साथ दिएको विभिन्न समयका कदमहरुबाट पुष्टि हुन्छ ।

ओलीले महाकाली सन्धीको बेलामा तत्कालिन नेकपा एमालेको भविष्यलाई नै दाउमा राखेका थिए । ओली महाकाली सन्धीको पक्षमा उभिएर ४ असोज २०५३ मा संसदबाट पारित गराउन मुख्य भुमिका निभाए । उक्त कदमले एमाले नै विभाजित भयो ।

ओली २०५१ सालमा मनमोहन अधिकार नेतृत्वको सरकारमा गृहमन्त्री हुँदा देखि नै भारतसँगको सम्बन्ध बलियो बनाएका थिए । पदमा नरहँदा पनि उनी भारतको राजनीतिमा प्रभाव राख्नेहरुसँग नजिक थिए । ओलीको भारत आवतजावत निकै बाक्लो हुन्थ्यो । यतिसम्मकी उनले पहिलो मृगौला प्रत्यारोपण पनि भारतमा गराएका थिए । भारतका बौद्धिक जगतसँग पनि ओलीको बाक्लो उठबस थियो । उनी विश्वविद्यालयका प्राध्यापकहरुलाई भेट्न समेत आफै पुग्थे । यसरी ओली भारतसँग मित्रवत सम्बन्ध भएका नेताका रुपमा गनिन्थे ।
तर, घटनाक्रम निकै परिवर्तन भएको छ । उनी पछिल्लो समय चीनसँग नजिकिएको विश्लेषण भइरहेको छ । यतिसम्मकी उनको ढल्नै लागेको सरकार समेत चीनले बचाइदिएको भन्न थालिएको छ ।

भारतले ओली मित्र भएर पनि उसको नेपाल मामलामा रहेको चासोलाई बिगारेको विषय बाहिर आएको छ । टाइम्स अफ इन्डियाले हिजो यस्तै समाचार प्रकाशित गर्यो । बरु प्रचण्डको भारतसँग उतिसारो मत्रिवत सम्बन्ध नभएको तर ओलीको भाइकन पनि ओलीले भारतको स्वार्थलाई बिगारेको उल्लेख गरेको छ । ‘प्रचण्ड भारतप्रति त्यतिसारो मित्रवत नभएपनि ओलीले जतिको भारतको स्वार्थलाई ओलीले जति बिगारेका छैनन्,’ टाइम्स अफ इन्डियाले लेखेको छ ।

ओलीविरुद्ध नेकपाभित्र विद्रोह भइरहेको घटनालाई भारतले नियालिरहेको भन्दे राजीनामाको प्रसंग उठिरहेकोमा गम्भीरता देखाएको छ । स्रोतको नाम उल्लेख नगरी टाइम्स अफ इन्डियाले ओलीको सम्भावित राजीनामा बारे लेख्दै दिन ठ्याक्कै भने भन्न नसकिने उल्लेख गरेको छ ।

ओलीले पार्टीभित्र राजीनामा मागिएपछि चुनौती झेलिरहेको लेखेको छ । नेकपा स्थायी कमिटि बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डबीच आरोप प्रत्यारोप भएको विषय पनि उल्लेख गरेको छ । ओलीले सत्तामा टिक्न अनेकन विवादास्पद कदम चालिरहेको समाचारमा उल्लेख छ । भारतीय पक्षले ओलीले नक्शा जारी गर्ने देखि पछिल्लो समय चालेको कदम सत्ता टिकाउने अस्त्रका रुपमा प्रयोग गरेको बुझाई टाइम्स अफ इन्डियामा छ ।

Leave A Reply

Your email address will not be published.