५५४ कोरोना संक्रमित थपिए, कुल संक्रमित १२३०९

0

काठमाण्डौं –  नेपालमा कोरोना भाइरसको संक्रमित संख्या १२ हजार तीन सय ९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित संख्या १२ हजार नाघेको जानकारी दिएको छ ।

१२० जना महिला र ४३४ जना पुरुष गरी ५५४ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२३०९ पुगेको छ । १३६९ महिला र १०९४० जना पुरुष गरी १२३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा २८३४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरु मध्ये २४२ महिला र २५९२ पुरुष रहेका छन् ।

गत चौबिस घण्टामा मात्रै १८ महिला र ११८ पुरुष गरी १३६ जना डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.