विवाह भएको ७ वर्षपछिमात्रै वैवाहिक अंगीकृत नागरिकता दिने निर्णय

0

नेकपा सचिवालय बैठक

काठमाण्डौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भर्खरै सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नागरिकता विद्येयकको विषयमा छलफल भएको थियो ।

आजको बैठकमा वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात बर्ष पूरा भएको र सम्बन्धित देशको नागरिकता परित्यागको प्रक्रिया आरम्भ गरेको प्रमाण प्रस्तुत गर्नुपर्ने व्यवस्था गरी अघि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रष्ठले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.