कोरोना अपडेटः संक्रमित ८६०५, निधन २२, संक्रमणमुक्त १५७८

0

काठमाण्डौं – नेपालमा कोरोना संक्रमितको संख्या आठ हजार ६ सय नाघेको छ। स्वास्थ्य मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ हजार ६ सय ५ पुगेको छ।

यस्तै हालसम्म २२ जनाकाे कोरोनाकाे संक्रमणबाट मृत्यु भएको छ।

पछिल्ला २४ घण्टामा मात्रै नेपालमा ३ सय ३१ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। जसमध्ये ४९ जना महिला र २ सय ८२ जना पुरुष रहेका छन्।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १८ जना महिला र १ सय ५८ जना पुरुषसहित कुल १ सय ७६ जना निको भएर घर फर्किएका छन्। यससँगै अहिलेसम्म कुल डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ७८ पुगेको छ। जसमध्ये १ सय ४१ महिला र १ हजार ४ सय २७ पुरुष रहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १६ पीसीआर परिक्षण भएको छ। योसँगै अहिलेसम्म कुल १ लाख ६९ हजार १ सय ६५ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ। यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ४ सय २६ गरी आजसम्म कुल २ लाख ५२ हजार ३ सय परीक्षण भएको छ।

मन्त्रालयका अनुसार शनिबारसम्म देशभर १ लाख २ हजार २ सय ४५ जना क्वारेन्टिनमा रहेका छन् भने ७ हजार ५ जना आइसोलेसनमा उपचाररत रहेका छन्।

अहिलेसम्म कुल ७४ जिल्लामा कोभिड १९को संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

Leave A Reply

Your email address will not be published.