संविधान (दोस्रो संशोधन) विधेयक संसदबाट सर्वसम्मतले पारित

0

काठमाण्डौं – मुलुकको वास्तविक नक्शा निशान छापमा समावेश गर्न आज नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ । दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश

गर्न ल्याइएको उक्त विधेयक आजको प्रतिनिधिसभा बैठकबाट सर्वसम्मतले पारित भएको हो । प्रतिनिधिसभा बैठकमा २५८ सांसद उपस्थित थिए । उनीहरू सबैले संविधान संशोधनको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा मत दिएका हुन् । विपक्षमा मत परेन ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस” भनी आजको सदनमा प्रस्ताव प्रस्तुत गरेकी थिईन् । छलफल सकिएपछि उनले उक्त संशोधन विधेयक, २०७७ लाई पारित गरियोस” भनी प्रस्ताव प्रस्तुत गरेकी थिईन ।

Leave A Reply

Your email address will not be published.