आज थपिए २७३ जना कोरोना संक्रमित, दुई जनाको मृत्यु

0

काठमाण्डौं – नेपालमा शनिबार २७३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। उनीहरु मध्ये २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी विभिन्न जिल्लामा गरी पछिल्लो २४ घन्टामा २७३ जना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३३५ पुगेको छ । तीमध्ये ९१३ जना उपचारपछि निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ ।

शनिबारसम्म नेपालमा १ लाख २७ हजार २ सय ८८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख ५० हजार ५ सय ५० जनालाई क्वारेन्टिनमा राखिएको छ ।

Leave A Reply

Your email address will not be published.