लकडाउन १० जेठसम्म बढाउने तयारी

0

काठमाण्डौं – सरकारले कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको भन्दै १५ दिन लकडाउन थप्ने तयारी गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा संक्रमण दर बढिरहेकाले जोखिम कायमै रहेकाले जेठ १० गतेसम्म लकडाउन बढाउनुपर्ने विषयमा छलफल भएको हो ।

भारतले लकडाउनलाई निरन्तरता दिइरहेका बेला खुला सिमाना भएको नेपालमा लकडाउन हटाउँदा स्थिति जुनसुकै बेला पनि भयावह हुनसक्ने भन्दै जेठ १० गतेसम्म बढाउने सहमति भएको स्रोतले जानकारी दिएको छ ।

कोरोना प्रभावित क्षेत्र वर्गीकरण गरी सोही आधारमा लकडाउन लकडाउन बडाउनुपर्ने केही मन्त्रीले धारणा राखेका छन् । आइतबार एकैदिन नेपालगन्जमा १६ जना संक्रमितको देखिएपछि सरकार थप सतर्क अवस्थामा पुगेको हो । नेपालमा आइतबारसम्म ७५ जना संक्रमित भएका छन् ।

Leave A Reply

Your email address will not be published.