वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस

0

काठमाण्डौं – सरकारले संसदको बजेट अधिवेशन यहि वैशाख २६ गते बोलाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
मन्त्री परिषदको आइतबारको बैठकले बजेट अधिवेशन वैशाख २६ गते बोलाउनका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही अनुसार बजेट ल्याउन सहज हुने गरी बजेट अधिवेशन बोलाउन सिफारिस गरिएको हो । सरकारको सिफारिसपछि संसदको अधिवेशन राष्ट्रपतिले आह्वान गर्ने व्यवस्था रहेको छ ।

अधिवेशन सुरु भए लगत्तै पूर्व बजेटमाथि छलफल सुरु गर्ने तयारी रहेको संसद सचिवालय स्रोतले जनाएको छ। यस्तै जेठको पहिलो हप्ता सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने र जेठ १५ मा बजेट ल्याउने तयारी रहेको छ ।

Leave A Reply

Your email address will not be published.