नेकपा भित्रको आगो निभाउन बिष्णुकाे अस्त्र वामदेवलाई पाल्पा

0

काठमाण्डौं – लामो समयको रस्साकस्सीपछि नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद केहि मथ्थर भएको छ । शनिबार बसेको सचिवालय बैठकबाट यस्तो दृश्य देखिएको हो ।

पार्टीका उपाध्यक्ष बामदेव गौतम अन्तिम समयमा आएर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा पुगेपछि विवादले अर्कै मोड लिएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा लागेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गठबन्धनमा सामेल भएका गौतम प्रधानमन्त्रीको अफर आएपछि ओली प्यानलमा पुगेका हुन् ।

लामो समयको छलफल, शक्ति संघर्षका बाबजुध पाल्पा निर्वाचन क्षेत्र नम्बर-१ बाट निर्वाचित साँसद दलबहादुर रानालाई राजिनामा गर्न लगाएर उक्त क्षेत्रबाट गौतमलाई निर्वाचित गराएर प्रतिनिधिसभामा लैजाने महासचिव विष्णु पौडेलले तारतम्य मिलाएपछि गौतम प्रम ओलीको पक्षमा उभिएको बुझिएको छ ।

वुधबार बसेको सचिवालय वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदत्याग गर्नुपरे कोभिड-१९ महामारीपछि बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने गरी पदत्याग गर्ने प्रस्ताव गरेका थिए । सोहि प्रस्तावले नै गौतमलाई सोच्न बाध्य बनाएको थियो ।

त्यहाँदेखि नै गौतम, दाहाल-नेपाल गठबन्धनका वैठकमा सहभागि हुन छोडेका थिए । पाल्पा निर्वाचन क्षेत्र नम्वर १ बाट निर्वाचित साँसद दलबहादुर रानाले भने मुख खोलेका छैनन ।

महासचिव विष्णु पौडेल पछिल्लो समय नेकपामा आएको विवादलाई साम्य पार्न मध्यमार्गी प्रयास गरिरहेका थिए । पार्टीकै एक केन्द्रीय सदस्यले अहोरात्र खटेर पौडेलले नेकपामा लागेको आगो निभाएको बताए । कैयौं बैठकमा पौडेल दुवै प्यानलमा देखिएका थिएनन भने कुनै गुटको भेलामा पनि सहभागी भएका थिएनन ।

Leave A Reply

Your email address will not be published.