नेकपाको सचिवालय बैठक: सरकारका कामलाई समर्थन गर्ने निर्णय

0

पार्टी एकतालाई मजबुत बनाउने

काठमाण्डौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक सम्पन्न भएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएको जानकारी दिए । उनले बैठकमा कुनै पनि निर्णय हुन नसकेको जानकारी दिए ।

उनले अर्को बैठक २० गते बोलाइएको जानकारी दिए । ‘पार्टी्भित्रको आन्तरिक समस्या, पार्टी एकताको सुदृढीकरणको महत्त्व सरकार र केही कमरेडहरूले माग गर्नुभएको स्थायी कमिटी बैठकसहित विविध पक्षबारे गम्भीर विचार विमर्श भयो,’ प्रवक्ता श्रेष्ठले भने, ‘पार्टी नेतृत्वले अनौपचारिक छलफल अघि बढाउँदै २० गते पुनः सचिवालय बैठक बस्ने निर्णय भएको छ ।

सचिवालय सदस्य ईश्वर पोखरेलले बैठकले पार्टी एकतालाई मजबुत बनाउने, सरकारले गरेका राम्रा कामको पक्षमा दृढतापूर्वक उभिने निर्णय गरेको जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.