नेपाली जनसंपर्क समिती बेल्जियमले गर्‍यो राहत बितरण

0

कोरोना महामारी निम्त्याएको आपतकालिन समयमा समस्यामा परेका समुदायलाई सकेको सहयोग गर्नु पर्छ भन्ने मनसायले दुख र पिडामा रहेकाहरुलाई संघसंस्था एबम मनकारी ब्यक्तीले सहयोग गरी रहेका छन ।

नेपाली जनसंपर्क समिती बेल्जियमले पनि अहिले खाद्यान्नको समेत जोहो गर्न कठिन भएका नेपाली दाजुभाई दिदिबहिनीहरु र समस्यामा परेका , रोजगारी गुमाएका , बिदेशमा अध्ययनरत विद्यार्थीहरु र नेपालमा पनि लकडाउनका कारण भोक भोकै रहेका दाजुभाई दिदीबहिनीहरुलाई केही राहत पुगोस भनेर स्थापना गरेको राहतकोषबाट नेपाली जनसंपर्क समिती साइप्रसको सहकार्यमा त्यहां रहेका विद्यार्थीहरुलाई तीन सय युरो बराबरको खद्यान्न र चितवनको इच्छा गाउपालिकाको सहकार्यमा त्यहाका दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुलाई नेपाली पचास हजार रुपयाँ बराबरको सहयोग गरेको छ ।

तराईको मुसहर बस्तिमा पनि जन संपर्क समिती जर्मनी सँग सहकार्य गर्दै करिब् पच्चिस हजार रुपया बराबरको खाद्यान्न सहयोग पुर्याउने पनि जनसंपर्क समिती बेल्जियमकी अधिबेसन तयारी समितीकी सन्योजक सीता सापकोटाले जानकारी गराउनु भएको छ । त्यसै गरी समितिले एक सय युरो एनआरएनए केन्द्रको रहात कोष र एक सय युरो एनआरएनए बेल्जियमको राहत कोषमा सहयोग गरेको छ ।

कोरोनाले अती प्रभाबित र करिब् नौ हजार नेपालीहरुको कर्मथलो बेल्जियममा पनि केही सहयोग गर्ने उद्द्यस्यले आबस्यक ब्यबस्थापन गर्न उपाध्यक्ष नरहरी सापकोटा र महाधिबेशन प्रतिनिधि बलिराम झालाई जिम्मा दिने निर्णय पनि समितिले गरेको छ ।

Leave A Reply

Your email address will not be published.