बाबुरामले प्रधानमन्त्रीलाई गाली गरेपछि रेडियो नेपालले माग्यो माफी

0

काठमाण्डौं – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै प्रयोग गरेको भाषा र विचारलाई रेडियो नेपालले हटाएको छ ।

सोमबार बिहान ६ः३० बजे लाइभ प्रशारण भएको अन्तरसंवाद कार्यक्रममा अतिथिका रूपमा जनता समाजवादी पार्टीका नेता भट्टराईसँग रेडियो नेपालले अन्र्तवार्ता लिएको थियो ।

उक्त कार्यक्रममा भट्टराईले बोलेका अभिव्यक्तिले आफूहरूलाई दुःखी तुल्याएको रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सोमबार निकालेको विज्ञप्तिमा उल्लेख छ । बाबुरामले प्रधानमन्त्री ओलीलाई भष्मासुर र हिटलर भन्ने शब्द प्रयोग गरेका थिए ।

‘समाचार महाशाखा प्रमुख डा. नवराज लम्सालद्वारा सञ्चालित उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई अतिथिका रूपमा निम्त्याइएकोमा उहाँले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुःखी तुल्याएको छ,’ कार्कीले निकालेको विज्ञप्तिमा उल्लेख छ, ‘सो कार्यक्रम प्रत्यक्ष प्रसारण भएकोले आवश्यक सम्पादन गर्न नसकिएको हुँदा क्षमा चाहन्छौं । अब उप्रान्त रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरुमा अतिथि चयन गर्दा गम्भीररुपमा सचेत रहने प्रतिवद्धता पनि व्यक्त गर्दछौं ।’

Leave A Reply

Your email address will not be published.