कोटेश्वरमा ओली र नेपाल गुटको भेलाः मंगलबार सचिवालय बैठक बोलाउने सहमती

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपाल समूहको बैठक कोटेश्वरमा सम्पन्न भएको छ । बैठकले मंगलबार (भोली) सचिवालय बैठक बोलाउन अध्यक्ष ओलीलाई आग्रह गर्ने सहमती भएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल समूहको नेपाल वन पैदावर उद्योग व्यवसाय महासंघको भवनमा बसेको बैठकले अध्यक्षलाई सचिवालय बैठक बोलाउन आग्रह गर्ने निर्णय भएको हो ।

माधव नेपाल पक्षका स्थायी समिति सदस्य रघुजी पन्तले मंगलबार स्थायी समिति बैठकको मिति तोक्ने सहमति भएको जानकारी दिए ।

‘भोली सचिवालय बैठक राख्ने र त्यसले स्थायी समिति बैठकको मिति तोक्ने सहमति भएको छ,’ नेता पन्तले भने ।

पार्टीभित्रको समस्या समाधानका लागि नेकपाका नेताहरुले सचिवालय बैठक बोलाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पटक–पटक आग्रह गर्दै आइरहेका छन् ।

ओली समूहको तर्फबाट ईश्वर पोखरेल, शंकर पोख्रेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली थिए भने नेपाल समूहबाट भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त थिए ।

Leave A Reply

Your email address will not be published.