नमरेसम्म भनिरहने बाबुरामका चार कुरा!

0

काठमाण्डौं – पूर्व प्रधानन्त्री डा. बाबुराम भट्टराईले अहिलेको राजनीतिक शुद्धिकरणका लागि आफूले भन्दै आएका चार कुरालाई नमरेसम्म भनिरहने बताएका छन् ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद, जनलोकपाल र चुनावी खर्च राज्यद्वारा हुनुपर्ने आफ्नो अडानलाई नमरेसम्म भनिरहने उनले बताएका छन् ।

पूर्व प्रधानमन्त्रीका नाताले आफूले समस्या मात्र उठाएर पानीमाथिको ओभानो बन्न नमिल्ने बताउँदै डा. भट्टराईले समस्या समाधानका निम्ति आफूले उठाउँदै आएका यी चार कुरा नमरेसम्म उठाइरहने बताएका हुन् ।

Baburam Bhattarai@brb1954

पूर्व प्रम को नाताले मैले समस्या मात्र उठाएर पानीमाथिको ओभानो बन्न मिल्दैन भन्नेमा सचेत छु।अत:तिनको समाधाननिम्ति मैले निरन्तर उठाएका यी चार कुरा पूरा गरौं-१.प्रत्यक्ष निर्वाचित राष्ट्रपति;२.पूर्ण समानुपातिक संसद;३.जनलोकपाल;४.चुनावी खर्च राज्यद्वारा।यो नमरेसम्म भनिरहन्छु!जो विचार!15610:17 AM – Apr 15, 2020Twitter Ads info and privacy53 people are talking about this

Leave A Reply

Your email address will not be published.