महामारीमा महाझुठ

0

काठमाण्डौं – कोरोना भाइरस संक्रमणको रोकथामका लागि सरकारले एक अर्ब मूल्य बराबरको स्वास्थ्य सामाग्री ल्याउने ठेक्का खोल्यो । ओम्निटेक कम्पनिले स्वास्थ्य सामाग्री ल्याउने जिम्मा पायो । महङ्गो मूल्यमा सामानको ठेक्का लिएको खुलासा भयो । यसले राष्ट्रिय चर्चा पायो । स्वास्थ्य मन्त्रालयले ओम्निटेकले समयमै आवश्यक सामान भित्राउन नसकेको भन्दै ठेक्का रद्द गर्यो । तर, ल्याइएको सामानको गुणस्तरमा समेत प्रश्न उठ्यो ।

यो विषयमा सत्तारुढ दल भित्र र बाहिरबाट प्रश्न उठेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ठेक्का सम्बन्धि विषयबारे जानकारी नभएको भन्दै ढाँटे । उनको राजनीतिक सल्लाहकारले समेत यो विषय स्वास्थ्य सेवा विभागसँग सम्बन्धित भएको भनेर ढाँटे । सामान खरिदमा प्रधानमन्त्री मातहतकै अधिकारीहरुको भूमिका बाहिर आइसक्दा महामारीमा महा ढाँट भएको छ ।

काठमाडौं पेप्सिकोलाको सन सिटीमा कोरोना भाइरसको संक्रमण देखियो । त्यहाँ ८ चैत्रमा चुनाव भएको खुल्यो । चुनावमा डा. खतिवडाका छोरा सचिवको उम्मेदवार भई जितेको खुलेको छ । मन्त्री खतिवडा चुनावमा जितेपछि छोरासहित पदाधिकारीलाई बधाई दिन पुगेको विषय आएको छ । अहिले सन सिटीमा दुई जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । मन्त्री खतिवडा सनसिटीमा बसेका छोरासँग सम्पर्कमा पुगेका थिए । तर, उनले यसमा ढाँटेका छन् । क्वारेन्टाइनमा बस्नुपर्नेमा पन्छिएका छन् । उनी मन्त्रिपरिषद्को बैठकमा समेत सहभागी भए । उनी सन सिटीमा पुगेको या छोरासँग बितेको २५ दिनमा सम्पर्कमा पुगेका थिए भने सिंगो मन्त्रिपरिषद् नै क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।

पुल्चोक मन्त्रिपरिषद् नै क्वारेन्टाइनमा परिणत हुने अवस्था हुनसक्छ । यही अवस्था आउने भएकाले मन्त्री खतिवडाले ढाँटेका छन् ।
वीरगञ्जको छपकैयास्थित मस्जिदमा तीनजना भारतीय नागरिक कोरोना भाइरसको संक्रमित भेटिए । उनीहरु निजामुद्दिनको तबलिगी जमातीसँग सम्बन्धित भएको खुल्यो । ३० वैशाखमा कोरोना संक्रमित भएको पुष्टि भएका उनीहरु लकडाउनको बखत नेपाल छिरेका थिए । नेपाल छिरेर मस्जिदमा बसेको तथ्य खुलिसकेको छ । तर, पर्सा जिल्ला प्रशासन कार्यालयले ढाँटेको छ । उनीहरु डिसेम्बरमै नेपाल आएको दाबी गरेको छ ।

लकडाउनको बखत जमातीहरु पसेको विषयले विवादमा पर्न सक्ने भन्दै सरकारले ढाँटेको छ । डिसेम्बरमा नेपाल प्रवेश गरेका थिए भने उनीहरुलाई कसरी कोरोना भाइरसको संक्रमण भयो ? जबकि संक्रमित सबैजसो आयातित छन् र एकजना मात्र विदेशबाट आएकाबाट सरेको पाइएका छन् ।

सप्तरीबाट १३ इन्डोनेशियन ललितपुरमा ल्याइएको खुल्यो । उनीहरु लकडाउनको बखत ल्याइएका थिए । आफ्ना जनतालाई काठमाडौं उपत्यका बाहिर र भित्र जान नदिने सरकारले इन्डोनेशियाली नागरिकलाई उपत्यका छिरायो । यी इन्डोनेशियाली फागुनको पहिलो हप्ता भएको धार्मिक सम्मेलनमा सहभागी हुन आएको भनिएको छ । तर, त्यसपछिको डेढ महिना उनीहरु कहाँ थिए ? यो प्रश्न उठेपछि सरकारले धेरै तथ्य लुकाउन खोजेको छ । इन्डोनेशियालीहरु पनि निजामुद्दिनको धार्मिक सभामा पुगेको विषय आएको छ ।

सरकारले एकपछि अर्कोगरी ढाँट्ने क्रियाकलाप देखाइरहेको छ । एकातर्फ कोरोना संक्रमणको रोकथामका लागि कठोर कदम चालिरहेको छ भने सरकार नै विवादमा मुछिने गरी एकपछि अर्को विषयमा ढाँट्न लागिपरेको छ ।

Leave A Reply

Your email address will not be published.