नेपालमा प्रजातन्त्र आएको दिन : अहिले सबै घरभित्रै बन्धक

0

काठमाण्डौं – स्वतन्त्रताको लडाइँमा जित हासिल गरेको दिन चैत २६ गते, अर्थात आजकै दिन । तर, कोरोनाभाइरसको महामारीले सबै नेपाली घरभित्रै छन् । प्रजातन्त्रको लडाइँमा जित हासिल गरेका नेपालीसहित विश्वभरका मानिस अहिले कोरोनाको महामारीबाट जोगिन घरभित्रै बसेका छन् ।


नेपालको राजनीति संघर्षमय छ । जहाँनिया राणा शासनको अन्त्यपछि प्रजातन्त्र पुनर्बहालीका लागि भएको आन्दोलनले सफलता पाएको दिन चैत २६ गते । २६ चैत २०४६ सालको पहिलो जनआन्दोलनले सफलता पाएको दिन हो । यस दिन सर्वोच्च नेता गणेशमान सिंहको नेतृत्वमा नेपाली कांग्रेस र संयुक्त वाममोर्चा द्वारा आयोजना गरिएको २०४६ सालको जनआन्दोलनबाट प्रजातन्त्र पुनर्स्थापना भएको थियो ।

यसको सम्झनामा बुधबार कुनै औपचारिक कार्यक्रम हुन भने पाएन । सरकारले कोरोनाभाइरसको संक्रमण हुन नदिन लकडाउन गरेको छ । जस कारण सबै मानिस घरभित्रै छन् । कतिपय नेता तथा कार्यकर्तासहित विभिन्न क्षेत्रका व्यक्तिहरुले सामाजिक सञ्जालमार्फत यसको दिनको स्मरण र सर्वाेच्च नेता गणेशमान सिंहको योगदानको चर्चा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.