लकडाउन उल्लघंन गर्ने १२ सय भन्दा बढिलाई सडकमै उभ्याइयो

0

काठमाण्डौं – कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनको १७ ‌औं दिनमा अन्य दिनको तुलनामा उपत्यकामा उल्लंघनका घटना बढेका छन् ।

बिहिबार मात्रै काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने १२ सय भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरिय प्रहरी महाशाखाका अनुसार बिहिबार नियमका उल्लंघन गर्नेमा दुई सय भन्दा बढी महिलाहरु रहेका छन भने अन्य सबैै पुरुष हुन ।

सरकारले लकडाउनको समय अवधि थप गरेसंगै नियमको पालना गराउन चार हजार भन्दा बढि प्रहरी सडकमा खटाइएको छ । अत्यावश्यक कामबाहेक घर बाहिर हिँड्नेलाई नियन्त्रणमा लिदै आएको प्रहरीले उल्लंघनका घटनामा कमि ल्याउन तीन घण्टा सडकमै उभ्याउने समेत जनाएको छ ।

साथै,नक्कली पास बनाएर हिँड्ने गरेको भेटिएपछि प्रहरीले सवारी कागजपत्र अनुसारको पास हो वा होइन सो समेत चेक गर्दे आएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.