११ हजारको ज्यान गइसकेको स्पेनको एउटा शहर कसरी मुक्त छ कोरोना भाइरस संक्रमणबाट ?

0

काठमाण्डौं – विश्‍वभर कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढिरहँदा स्पेनको एउटा शहर कोरोना भाइरसबाट जोगिएको छ । स्पेनमा भने कोरोना भाइरसबाट मर्नेको संख्या ११ हजारभन्द बढी पुगिसकेको छ । स्पेनको पहाडी क्षेत्रमा अवस्थित रहेको उक्त शहरको नाम जहारा डि ला सिएरा हो ।

सीएनएनको रिपोर्ट अनुसार दक्षिण भागमा रहेको पहाडी इलाका जहारा डि ला सिएराका मेयर सेन्टियागो गाल्वनले जब पुरै स्पेनमा कोरोनाो त्रासको चेतावनी सुने, उनले शहरलाई बन्द गरे र बाहिरबाट प्रवेश निषेध गरे । उनले कोही पनि मानिस आउन नदिन प्रहरी प्रशासन खटाए । शहरका प्राय सबै बाटोहरु बन्द गरिदिए । त्यसले यो शहर कोरोना संक्रमित हुनबाट जोगियो। अहिलेसम्‍म यहाँ कुनै पनि कोरोना संक्रमित पुष्टि भएका छैनन् ।

यो शहरमा करिब १४ सय मानिस बसोबास गर्दै आएका छन् । शहरमा जानको लागि मात्र एउटा बाटो खोलिएको छ, त्यहाँ पनि प्रहरीको कडा निगरानी गरेर। यो शहरमा जुनसुकै गाडी वा सवारी आउँछन्, पीपीई लगाएका दुई व्‍यक्तिले स्प्रे छर्किन्छन् अनि मात्र प्रवेश दिन्छन् । यसले कोरोनाबाट संक्रमण हुनबाट जोगाएको छ ।

मेयरले भनेका छन्, ‘प्रत्येक सोमबार र बिहीबार साँझ ५:३० बजे १० जना पुरै शहर, सडक, प्लाजा तथा घरको बाहिरी भागमा संक्रमणमुक्त गर्दै आएका छन् ।’ एकजना ४८ वर्षीया महिला ओक्जी रेस्कनले भनेकी छन्, ‘यहाँका सबै मानिसहरु खुसी छन् । किनकी उनीहरुलाई बाहिरको कुनै आवश्‍यकता छैन। त्यही भएर मानिस आफैँ सुरक्षित महसूस गरिरहेका छन् ।’

Leave A Reply

Your email address will not be published.